Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

एनसेल खरिद–बिक्रीमा ठूला नेता र उच्च पदस्थबाट ‘डिल’भएको अमरेश सिंहको आरोप

प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले एनसेल खरिद–बिक्री प्रकरणमा ठूला नेता र उच्च पदस्थको डिल भएको आरोप लगाएका छन् ।  बुधबारको सार्वजनिक लेखा समितिको बैठकमा उनले त्यस्तो दाबी गरेका हुन् ।

 “यो डिल राष्ट्रका ठूला नेता र उच्च पदस्थबाट भएको छ । यो डिल सफल भएमा माफिया राज्य घोषणा गर्दा फरक पर्दैन,” सिंहले भने ।  उनले ११ अर्ब मुनाफा गर्ने कम्पनी ६ अर्बमा कसरी बेचियो भन्दै प्रश्न गरे ।

 “मुनाफा ११ अर्ब गर्ने कम्पनी ६ अर्बमा बेचियो रु ४० अर्ब लोन छ कसरी ६ अर्बमा बेचियो?,” उनले भने ।