प्रहरीले काठमाडौंको न्यूरोडबाट अवैध करिब सात किलो सुन बरामद गरेको छ । न्यूरोडस्थित ओमपाल गोल्ड शप प्रालिसँगैको कारखानामा छापा मार्दा उक्त सुन फेला पारेको प्रहरीले जनाएको छ ।
सुन कैलाली घर भइ नागार्जुन बस्ने पदम पाण्डेको रहेको आशंका गरिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पाण्डेलाई पक्राउ गरेको छ । प्रहरीले सुनबारे थप अनुसन्धान अघि बढाएको छ । बरामद भएको सुनमध्ये केही गहना र केही विस्कुट आकारका रहेको कार्यालयका एसपी रविन्द्र रेग्मीले जानकारी दिए ।
“सुनको एकिन तौल आएको छैन । करिब सात किलो भन्ने छ । हामी थप अनुसन्धान गर्दैछौँ,” एसपी रेग्मीले भने ।