Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

भारतीय फिल्म ‘हिटम्यान’ मा अँटाईनन् अभिनेत्री आँचल शर्मा

दक्षिण भारतीय फिल्म ‘हिटम्यान’ मा अभिनेत्री आँचल शर्मा अँटाईनन् । यसलाई धेरैले इस्यु बनाएको पाईयो ।

उनी आफैँ पनि कार्यक्रमको पछिल्लो समय मलिन अनुहार लाएर बसिरहिन् । तर फिल्म र मेकिङ प्रोसेस हेर्ने हो भने यो नौलो लाग्दैन । यो फिल्म विष्णु अधिकारीको हो भन्दा फरक पर्दैन । फिल्ममा लगानी, निर्देशन, लेखन र मुख्य अभिनयसमेत उनकै छ । दश भाषामा आउने दक्षिण भारतीय फिल्म भने पनि फिल्ममा न त कुनै स्थापित दक्षिण भारतीय लगानीकर्ता छन्, न त निर्देशन नै ।

त्यसैले जति हल्ला गरेर यो फिल्म प्रचार गरिएको छ, त्यति दम फिल्ममा हुने सम्भावना कम छ । टीजर र सार्वजनिक पोस्टरले पनि यही भन्छ । नेपाली कलाकार विदेशी फिल्म भन्नासाथ केमियो रोल मै देखिन पाउँद पनि नेपालका धेरै फिल्म छोड्छन् । तर दुखद पक्ष, धेरै कलाकारको गति विपिन कार्की कै हुन्छ । र आँचललाई पनि त्यही भएको हो भन्दा फरक नपर्ला ।