Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

आज पनि घट्यो सुनको मूल्य, पढ्नुहोस् कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा दुई दिनदेखि लगातार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार २०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ६५०रुपैयाँमा कारोबार भएको थियो । मंगलबारको तुलनामा आजको मूल्य ८०० रुपैयाँले कम हो ।

त्यस्तै बुधबार चाँदीको मूल्य पनि घटेको छ । मंगलबार चाँदी प्रति तोला १४८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।