Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

 नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुन तोलाको एक लाख १९ हजार २०० रुपैयाँमा  कारोबार भइरहेको छ । सोमबार छापावाल सुन तोलाको हालसम्मकै उच्च एक लाख २१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलाको एक लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।