Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

ढोरपाटनमा हिमपातले जनजीवन कष्टकर

बागलुङको ढोरपाटन शिकार आरक्ष क्षेत्रमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । मौसम बदलीसँगै आज बिहानैदेखि हिमपात भइरहेको ढोरपाटन शिकार आरक्ष कार्यालयका प्रमुख वीरेन्द्र कँडेलले जानकारी दिएका छन् । 

‘यसवर्ष पहिलो पटक ढोरपाटनमा हिमपात भएको हो’, कँडेलले भने, ‘हिमपातले ढोरपाटन उपत्यका सेताम्ये भएको छ । चिसो धेरै बढेको कारण जनजीवन कष्टकर बनेको छ  ।’ 

हिमपातका कारण घोडा खच्चड तथा बस्तुभाउलाई घाँस तथा दाना हाल्नसमेत गाह्रो भएको स्थानीय कूलबहादुर विकले बताएका छन्।