Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मुगुमा उच्च हिमपात  (फोटोफिचर)

आईतबार राती बाट परेको अबिरल बर्षाका कारण मुगु जिल्ला लगाएत हिमाली जिल्लामा  हिमपात परेको छ भने मुगु जिल्लाको एक मात्र हवाई सेवा रहेको ताल्चा विमान स्थलमा बन्द भएको छ भने हिँउ पर्दा स्थानिय  कृषकहरु निकै खुसी भएका छन् ।

IMG_0054.JPG
मुगु जिल्लाका मुगमकामारोङ गाउँपालिकामा रहेका मुगु,डोल्फु,किम,मह,दाउरा,सेरोक बस्ति  ,सोरु गाँउपालिकाको सोरुकोट,धैन,काल,ैखनार्या ,रुम ,खत्याड गाउँपालिकाको खमाले,सेरि,श्रीकोट,लुमेरा लगाएतका बस्तसहरुमा हिउँ परेको छ भने , छायानाथ रारा नगरपालिकाको बाम ,थार्प,पिना ताल्चा,तुुम,रोवा ,सोभा लगाएतका बस्तीहरुमा बाक्लो हिमपात परेको छ ।

 

IMG_0020.JPGगत बर्ष भन्दा यो बष  हिउँ पानी छिटो परेको हो । हिउँ पानी पदा स्थानीय मुगाली कृषकहरू हिउदे बाली जै,गहुँ,उवा लगाएत अन्य उत्पादनमा  राम्रो हुने  भएको देखीन्छ  भन्दै अन्य बालिमा र अन्य मानवमा लाग्र्ने बिभिन्न किसीमका रोगहरु कम हुर्ने भन्द्र निकै कुसी भएको छायानाथ रारा नगरपालिका वडा नम्बर १ छत्याडबाट बस्र्ते कणसिला मल्लले बताएकी छन ।  हिउँ पर्दा स्थानिय कृषकहरु खुसी भएका छन भर्ने गाँउ घरमा बुढा बुढीहरु,बाल बच्चाहरु पशुचौपायहरुलाई चरिचराउन गर्दा निकै समस्या भएको छ भर्ने हिउँ पर्दा आज सोमबार  जिल्ला रहेका धेरै जसो सामुदाय बिद्यालय र निजी बिद्यालय चिसोको कारण बन्द भएका छ भर्ने जिल्लामा रहेका सरकारी कार्यलयहरुमा समेत सेवालिनेहरुलाई समस्या भएको स्थानिय नागरी अगुवा चित्र बहादुर मल्लले बताएका छन । 

 

IMG_0015.JPGहिउँ पानी पदा निकै चिसो बढेको छ । आईतबार  राति परेको हिमपात हुदा जिल्लाको एक मात्र   ताल्चा विमान स्थलमा सेवा बन्द भएको हुदा सुर्खेत नेपालगन्ज र काठमाडौं जाने सयौं यात्रुअलपत्र परेका छन । 
कर्णाली प्रदेशका मुगु,जुम्ला ,कालीकोट , डोल्फा,हुम्ला,जाजरकोट,दैलेख,लगाएतका जिल्लाहरुका भारी हिमपात परेको छ भर्ने अन्य जिल्लामा पानि परेको छ । भारी हिमपात परेपनि मानबिय कुनै पनि क्षेत्री नभएको चिसोले जनजिवनमा असरपरेको प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसीले बताएका छन ।DSC00564.JPG

मुगुको पर्यटकीय केन्द्र सेताम्मेकी 

नेपालको सुन्दर अनि ठूलो पर्यटकको केन्द्र रारा ताल अथार्त महेन्द्र ताल गए राति बाट परेको हिमापातले चाँदीले घेरेको जस्तो सेताम्मेही रारा ताल देखीएको छ ।

रारा घुम्न आएका पर्यटकहरु हिमपात र पानी पर्नाले हवाइ र स्थलमार्ग बन्द हुन सक्ने भन्दै बिहानै रारा बाट घर  तर्फ जान हतार हतार गरेको रारा राष्ट्रिय निकुन्जका रेन्जर हिमाली खत्रीले बताएकी छन  । जिल्ला अन्य क्षेत्र बुलबुले,सात ताल, दुध ताल, चङखेली, बाम, रिणिमोऋ, खेस्मालिका, सोरुकोट मा पनि हिउँ पर्न सुरु गरेको खबर जानकारी भएको छ । सदरमुकाम गमगढीमा पानी पर्न सुरु गरेको छ ।

बढी पानी र हिउँ परे पछि सडक अवरुद्ध भइ दैनिक उपभोग्य वस्तु र निर्माण सामग्री बिच बाटोमा थन्कीने होकी भन्ने व्यापारीहरुमा पिरलो शुरु भएको मुगु उद्योग बाणिज्य संघका अध्यक्ष कमल बुढाले बताउनु भएका छन  ।