Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

सुनको मूल्यमा लगातार नयाँ रेकर्ड, पढ्नुहोस् कति पुग्यो तोलाको?

नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राख्ने क्रम जारी रहेको छ  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक लाख २१ हजार ६०० रुपैयाँ र तेजाबी सुन एक लाख २१ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख २० हजार ८०० रुपैयाँ र तेजाबी सुन एक लाख २० हजार २०० रुपैयाँमा कारोबार भएको थियो । आइतबारको तुलनामा आजको मूल्य ८०० रुपैयाँले बढी हो । जुन अहिले सम्मकै उच्च मूल्य हो ।

त्यस्तै सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार चाँदी प्रति तोला १५४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।