Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज आइतबार स्वदेश फिर्ता भएका छन् । संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२८) मा सहभागी हुन दुबई गएका प्रधानमन्त्री आइतबार स्वदेश फिर्ता भएका हुन् ।

prachan.jpg

उनी गत मंसिर १३ गते सम्मेलनमा भाग लिन दुबई गएका थिए । दाहालले शनिबार कोप–२८ मा सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण हिमालय क्षेत्र बढी जोखिममा रहेको बताएका थिए ।

Pm.webp

उनले नेपाली जनता जलवायु परिवर्तनमा न्यून योगदान भएर पनि बढी समस्या भोग्नुपरेको भन्दै यसको अन्त्य हुनुपर्ने धारणा राखेका थिए ।

prachanda.jpg