Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

सोमालियामा बाढीबाट १०० को मृत्यु

सोमालियामा भारी वर्षाका कारण आएको बाढीका कारण झण्डै १०० जनाको मृत्यु भएको छ ।  बाढीबाट करिब ७ लाख ५० हजार मानिस घरबारविहीन भएको  मानवीय मामिलाको समन्वयका लागि संयुक्त राष्ट्रसंघको कार्यालयले जनाएको छ ।

मुसलधारे वर्षाले नदीमा पानीको बहाव बढ‍ेपछि दक्षिण पश्चिम, गाल्मुडुग, पुन्टल्याण्ड, हर्साबेले र जुबाल्याण्ड, साथै बानादिर क्षेत्रका अधिकांश मानिसहरू प्रत्यक्ष प्रभावित भएका छन् । संयुक्त राष्ट्रसंघ मानवीय एजेन्सीले जनाए अनुसार लाखौं सोमालीहरूले भोक र कुपोषणसँग लडिरहेका बेला प्राकृतिक विपत्तिले स्थिति झन् दर्दनाक बनाएको छ । 

पाँच वर्ष मुनिका १५ लाख बालबालिका कुपोषणको चरम पीडाको सामना गरिरहेका छन्।