Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

राजावादीको खोल ओढेर ऋण मिनाहा गर्न दबाब दिनु हास्यास्पद: माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजावादीको खोल ओढेर बैंकको ऋण मिनाहा गर्न दबाब दिनु हास्यास्पद र बेइमानी भएको बताएका छन् ।

नेपाल दलित मुक्ति संगठनको बागमती प्रदेश स्तरीय विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले बैंकको ऋण नै मिनाहा गर्नु भन्नु हास्यास्पद कुरा भएको तर्क गरेका हुन् । उनले भने, ‘चर्को ब्याज भए घटाउन लगाउनु र केही ब्याज मिनाहा हुनु स्वभाविक हो, तर राजावादीको खोल ओढेर ऋणनै मिनाहा गर्न लगाउनु नालायक कुरा हो ।’ 

यसैबीच उनले आँउदो माग ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा  दलितको उपस्थिति सङ्ख्या बढाउन दबाब दिने कुरा सकारात्मक भएको बताए।