Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

‘एनिमल’ बन्यो भारतमा सबैभन्दा धेरै ओपनिङ कलेक्सन गर्ने तेस्रो सिनेमा, कति गर्‍यो कलेक्सन?

सन्दीप रेड्डीको निर्देशन रहेको चलचित्र ‘एनिमल’ सबैभन्दा धेरै ओपनिङ बिजनेस गर्ने तेस्रो ठूलो सिनेमा बनेको छ । रिलिजको पहिलो दिन शुक्रबार बलिउडमा ५४.७५ करोड ओपनिङ कलेक्सन गर्दै ‘एनिमल’ सबैभन्दा धेरै ओपनिङ गर्ने तेस्रो ठूलो हिन्दी सिनेमा बनेको हो । 

बलिउड सिनेमाका ट्रेड एनलाइसिस्ट तरण आदर्शका अनुसार ‘जवान’ले पहिलो दिन ६५.५० करोड र ‘पठान’ले ५५ करोडको ओपनिङ कलेक्सन गरेका थिए । त्यसपछि तेस्रो नम्बरमा ‘एनिमल’ आइपुगेको हो । ओपनिङ कलेक्सनमा ‘एनिमल’ले ‘केजीएफ–२’ र ‘वार’लाई पछि पारेको छ । केजीएफ–२’ले ५३.९५ र ‘वार’ले ५१.६० करोड पहिलो दिनमा कलेक्सन गरेको तथ्यांक छ । 

सन्दीप रेड्डीको निर्देशन रहेको चलचित्र ‘एनिमल’मा रणवीर कपुर, रश्मिका मन्दाना, बबी देओल र अनिल कपुर मुख्य भूमिकामा छन् ।