Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

नक्कली शरणार्थी प्रकरण: यी हुन् उच्च अदालतले धरौटीमा छोडन आदेश दिएका प्रतिवादीहरु (आदेशसहित)

उच्च अदालत पाटनले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई ३० लाख नगद धरौटीमा छोड्न आदेश दिएको छ ।

न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासले भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई पनि १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ भने पूर्वगृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि धरौटीमा रिहा गर्न आदेश दिएको छ । अदालतले केसीलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

यस्तै अदालतले हरिभक्त महर्जनसँग १५ लाख, शमशेर मियाँसँग, १० र आशिष बुढाथोकीसँग ३० लाख, रामशरण केसीसँग १५ लाख धरौटी माग गरेको छ । लक्ष्मी महर्जन, टंक कुमार गुरुङ र केशव तुलाधरलाई साधारण तारेखमा छोड्न अदालतले आदेश दिएको छ ।

press.webp

press1.webppress2.webppress3.webppress4.webppress5.webppress6.webppress7.webp