Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

नक्कली शरणार्थी प्रकरण: पक्राउ परेकाहरू छुट्ने कि थुनामै रहने भन्नेबारे फैसला आउँदै

 नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकाहरू छुट्ने कि थुनामा नै रहने भन्नेबारे केही बेरमा फैसला आउन लागेको छ ।

हाल सो प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाइ थुनामुक्त गराउनुपर्ने मागसहित गरिएको जवाफी बहस सकिएकाले आज फैसाला आउने सम्भावना रहेको जनाइएको छ ।  अदालतमा जवाफी बहसमा खाँणलगायत थुनामा रहेकाहरुको पक्षबाट वकिलहरूले उनीहरुलाइ थुनामुक्त गरेर मुद्दा चलाउन माग गरेका छन् ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर २८ करोडभन्दा बढी ठगी गरेको उनीहरुमाथि आरोप लागेको छ ।