Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

नगदसहित ५ जना जुवाडे पक्राउ

 कास्कीबाट प्रहरीले जुवा खेलिरहेको अवस्थामा ५ जना जुवाडेलाई पक्राउ गरेको छ । 

पोखरा महानगरपालिका–९ शिवटोल बस्ने ३७ वर्षीय गीता लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा लामासहित ५ जनालाई बुधबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ । 

लामाको घरमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा खान तलासी गर्दा उनीहरुलाई नगद २९ हजार ३ सय ४० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।