Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

भूकम्पबाट प्रभावित क्षेत्र पुनः निर्माणका लागि १८ करोड ९१ लाखभन्दा बढी रकम जम्मा

भूकम्प प्रभावित क्षेत्र पुनः निर्माणका लागि १८ करोड ९१ लाखभन्दा बढी रकम जम्मा भएको छ । कात्तिक १७ गते राति जाजरकोटमा भूकम्पबाट प्रभावित जिल्लाको पुननिर्माणका लागि सोमबारसम्म प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १८ करोड ९१ लाख बढी रकम जम्मा भएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टले जारी गरेको विज्ञप्ति अनुसार विभिन्न संघरसंस्था र व्यक्तिबाट १८ करोड ९१ लाख ९६ हजार १८२ रुपयाँ ८० पैसा जम्मा भएको उल्लेख छ ।

जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्र विन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भुकम्प गएको थियो । विनासकारी भूकम्पमा परि जाजरकोट र रुकुम (पश्चिम)मा १५३ जनाको मृत्यु भएको थियो । भूकम्पबाट ८ जिल्लामा भौतिक संरचना ध्वस्त हुनुका साथै ठूलो धनजनको क्षति भएको थियो ।