Jun 13 2026

Jun 13 2026 | शनिवार, जेठ ३० गते २०८३

वेस्टमिन्स्टर कलेजमा युनिभर्सिटी अफ वेस्टमिन्स्टर युकेको दुई नयाँ पाठ्यक्रम सञ्चालन

ललितपुरको कुपण्डोल स्थित ‘द वेस्टमिन्स्टर कलेज’ लेयूकेको दुई शैक्षिक पाठ्यक्रमहरु सञ्चालनमा ल्याएको छ। ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको वेस्टमिन्स्टर कलेजले युनिभर्सिटी अफ वेस्टमिन्स्टर युकेका दुई नयाँ पाठ्यक्रमहरू बीएससी कम्प्युटर साइन्स र साइबर सेक्युरिटी एण्डफोरेन्सिक्सस् विषय सञ्चालनमा ल्याएको हो।

सूचना तथा प्रविधिको क्षेत्रमा आवश्यक जनशक्तितयार गर्नको लागि वेस्टमिन्स्टरले सर्वसुलभ शुल्कमा उल्लेखित पाठ्यक्रमहरु सञ्चालनमा ल्याएको हो। प्रविधिको क्षेत्रमा नविनता रआविष्कार गर्नको लागि सक्षम जनशक्तिको निर्माण गरेर मुलुकको आर्थिक उन्नतिमा महत्वपूर्ण योगदान पुर्याउने लक्ष्य स्वरुप पाठ्यक्रमहरु सञ्चालनमा ल्याएको कलेजको भनाई छ।

वेस्टमिन्स्टर कलेजका प्रमुख अरुण लाल जोशीले यी पाठ्यक्रमहरूले सकारात्मक प्रभाव पार्ने उत्साह व्यक्त गर्दै भने, ‘हामीले बीएससी कम्प्युटर साइन्स र साइबर सेक्युरिटी एण्ड फोरेन्सिक्सस् विषय सञ्चालनमा ल्याएर शिक्षा मात्रै प्रदान गरिरहेका छैनौं, डिजिटल नेपालको भविष्यलाई समेत आकारदिइरहेका छौं।’

कलेजले सम्भावित विद्यार्थी र उनीहरुको परिवारहरूलाई यी परिवर्तनकारी शैक्षिक कार्यक्रमहरूले डिजिटल युगमा फस्टाउँदो करिअरको लागि मार्गप्रशस्त गर्ने प्रतिज्ञा गरेको छ। लण्डन स्थितवेस्टमिन्स्टर युनिभर्सिटी,क्यूएस वल्र्ड विश्वविद्यालय र्याङ्किङ्ग– २०२४ मा ७११–७२० मापरेर सिल्भर रेटिङपाएको छ। विद्यार्थीहरुको शैक्षिक अनुभव र विद्यार्थीहरुको नतिजाको आधारमा सिल्भर रेटिङ पाएकोहो।

यस विश्वविद्यालयमा भर्नाहुने विद्यार्थीहरुले चारवर्षको डिग्रीप्राप्त गर्छन्। त्यस्तै, उनीहरुले ई–लाइब्रेरी, ब्ल्याकबोर्ड प्लेटफर्मका साथै समृद्ध शैक्षिक अनुभव सम्मको पहुँच प्राप्त गर्छन्। कम्प्युटर साइन्स विषय व्यापक ज्ञानसँग विद्यार्थीहरुलाई हरेक ढंगले तम्तयार पार्नको लागि डिजाइन गरिएको छ। यसमा कम्प्युटर साइन्सबारे बृहत ज्ञान, सफ्टवेरको विकास, आर्टिफिसियल इन्टिलिजेन्स, डेटा एनालिटिक्स लगायतका क्षेत्रहरू समेटिएका छन्।

यो पाठ्यक्रम विश्वव्यापी उद्योगका आवश्यकताहरु पूरा गर्न र प्राविधिक क्षेत्रका विविध भूमिकाका लागि विद्यार्थीहरु तयार पार्न सक्षम छ। त्यस्तै,कलेजले प्रदान गरेको अर्को विषय साइबर सेक्युरिटी एण्ड फोरेन्सिक कार्यक्रम साइबर सुरक्षा र डिजिटल फोरेन्सिकको महत्वपूर्ण पक्षहरूमा केन्द्रित रहेको छ। यो विषयले डिजिटल एसेस्ट्सहरुको सुरक्षा गर्ने रसाइबर अपराधहरूको अनुसन्धान गर्ने जनशक्तिहरुको उत्पादन गर्ने लक्ष्य राखेको छ।

विश्वव्यापी रूपमा साइबर सुरक्षा विज्ञहरुको बढ्दो मागलाई पुरा गर्नको लागि यस विषय महत्वपूर्ण छ।