Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

नेवार समुदायप्रतिको टिप्पणीमा कमेडियन अपूर्व क्षितिज सिंहलाई १० हजार जरिवाना

नेवारी समुदायको आस्थामाथि चोट पुर्‍याउने गरी कमेडी गरेको आरोपमा कमेडियन अपूर्व क्षितिज सिंहलाई १० हजार रुपैयाँ जरिवानाको सजाय सुनाइएको छ ।

काठमाडौं जिल्ला अदालतले सिंहलाई १० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको हो । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कपिलमणि गौतमको इजलासले दोषी ठहर गर्दै उनलाई यस्तो सजाय सुनाएको हो ।

गत वर्ष नेवारी समुदायलाई लक्षित गरी कमेडी गरेपछि उनी विवादमा तानिएका थिए । प्रहरीले उनलाई केही दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो । सजाय पाएसँगै उनले नेपालमा अभिव्यक्ति स्वतन्त्रता सकिएको अनुभव भएको प्रतिक्रिया दिएका छन् ।