Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

दुर्गा प्रसाईंका स्वकीय सचिवसहित १५ जना पक्राउ

व्यवसायी दुर्गा प्रसाईंका स्वकीय सचिव  विना योञ्जन थापा सहित १५ जना पक्राउ परेका छन् । सोमबार गौशालामा भएको प्रदर्शनमा क्रममा प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा थापासहित आफूलाई धार्मिक गुरु बताउने श्रीनिवास आचार्य, युभिन श्रेष्ठ, सुजन, खड्का, दिपेश खड्का, भोजराज तिमिल्सिना, दीपक गोस्वामी, देवेन्द्र कार्की, भुवन परियार, यदुनाथ सिग्देल, राजु तामाङ, उबहादुर रिजाल, मेहरमान बस्नेत, निकेश बास्तोला र हरि विशुङ्खे  छन् ।

प्रसाईंको आह्वानमा गत बिहीबारदेखि काठमाडौं केन्द्रित प्रदर्शन भइरहेको छ ।