Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

धुलिखेलस्थित एक घरमा आगलागी हुँदा ९ लाखको क्षति

काभ्रेको धुलिखेलस्थित एक घरमा आगलागी भएको छ । धुलिखेल नगरपालिका–११ बाँनियाछापस्थित बलराम धिमालको घरमा आज बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रहरी कार्यालयका अनुसार ढुंगामाटोले बनेको तीनतले घरमा आगलागी हुँदा करिब ९ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।

धुलिखेल नगरपालिकाको दमकल र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीको कारण खुल्न सकेको छैन भने प्रहरीले अनुसन्धान गरिरहेको छ ।