Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

गौशालाबाट धर्मगुरु आचार्य श्रीनिवास पक्राउ

धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन् । सोमबार प्रहरीले उनलाई काठमाडौंको गौशालाबाट नियन्त्रणमा लिएको हो ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आयोजना गरेको प्रदर्शनमा सहभागी उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी कुमोध ढुंगेलले जानकारी दिए । प्रसाईं समूहले गौशाला क्षेत्रमा आयोजना गरेको प्रदर्शनमा प्रहरीमाथि ढुंगा प्रहार गरिएको थियो । प्रदर्शनकारीलाई नियन्त्रण गर्नेक्रममा श्रीनिवासलगायत व्यक्तिलाई पक्राउ गरिएको एसपी ढुंगेलको भनाइ छ ।

उनीसहित पक्राउ गरिएका प्रदर्शनकारीलाई प्रहरी वृत्त गौशालामा राखिएको छ ।