Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

महिलालाई जबरजस्ती वेश्यावृत्ति गराएको आरोपमा दुई जना पक्राउ

सप्तरीको राजविराजमा महिलालाई जबरजस्ती वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा दुई जना पक्राउ परेका छन् ।

आइतबार प्रहरीले राजविराज नगरपालिका ३ स्थित लक्ष्मी गेष्ट हाउसका संचालक ५७ वर्षीय अरुणचन्द्र मिश्र र म्यानेजर महादेवा गाउँपालिका–२ बस्ने ४१ वर्षीय रामप्रकाश मण्डललाई पक्राउ गरेको हो ।

दुबैलाई पक्राउ गरेर मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अन्तर्गतको कसुरमा सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान सुरु गरिएको सप्तरीका प्रहरीका प्रवक्ता एवं डीएसपी ढुण्डीराज नेउपानेले जानकारी दिए ।