Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

गृहजिल्लामै एमाले सांसद भट्टराईको गाडी तोडफोड

नेकपा (एमाले) सांसद योगेश भट्टराईको गाडी तोडफोड भएको छ । कार्यक्रमका लाागि गृह जिल्ला ताप्लेजुङ पुगेका भट्टराई जिल्लाको सदरमुकाम फुङलिङमा कार्यक्रम सकेर फर्किने बेला उनको गाडीमाथि ढुङ्गा प्रहार भएको हो ।

ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी कमल कुमार मगरका अनुसार फुङलिङ बजारनजिकै फर्किने बेला भट्टराईको गाडीमाथि ढुङ्गा प्रहार भएको हो । उनी सवार गाडीको सिसा फुटेको छ ।

ढुङ्गा प्रहार गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीको अनुसन्धानले कोसी प्रदेश पहिचानवादी समूहले ढुङ्गा प्रहार गरेको देखाएको छ ।