शनिवार, फाल्गुण १९ गते २०८०

२०८०, फाल्गुण १९गते

2nd Mar 2024

    शनिवार, फाल्गुण १९ २०८०
images
images

भावी प्रधानसेनापतिको लाग्यो टुङ्गोः उपरथी सिग्देल रथी बढुवाका लागि सिफारिस

भावी प्रधानसेनापतिको लाग्यो टुङ्गोः उपरथी सिग्देल रथी बढुवाका लागि सिफारिस

शुक्रवार, मंसिर ८ २०८०
शुक्रवार, मंसिर ८ २०८०
  • भावी प्रधानसेनापतिको लाग्यो टुङ्गोः उपरथी सिग्देल रथी बढुवाका लागि सिफारिस

    नेपाली सेनाले रिक्त रथी पदमा उपरथी अशोकराज सिग्देलको नाम सिफारिस गरेको छ । सैनिक मुख्यालयमा आज शुक्रबार बसेको सेनाको बढुवा समितिको बैठकले सिग्देललाई रथी पदमा बढुवा गर्ने निर्णय गरेको हो । सेनाले रथी सीताराम खड्काको अध्यक्षतामा बढुवा समिति गठन गरेको थियो ।

    बलाधिकृतरथी सरोजप्रताप राणाले अवकास पाएपछि उनको ठाउँमा वरियतामा अघि रहेका उपरथी ताराध्वज पाण्डेलाई सेनाको बोर्डले रथी बढुवाका लागि सिफारिस गरेको थियो । तर, उनले उमेर विवादका कारण दिएको राजीनामा स्वीकृत भएपछि सिग्देलको बढुवा प्रक्रिया अघि बढेको हो ।

    सैनिक मुख्यालयले सिग्देलको समेत व्यक्तिगत विवरण छानविनपछि बढुवा प्रक्रिया अघि बढाएको दावी गरिएको छ । उनको समेत उमेर विवादको चर्चा थियो । तर, सिग्देलले सैनिक मुख्यालयमा बुझाएको कागजातमा पछि प्रक्रिया अघि बढाइएको सेनाका एक उपरथीले जानकारी दिए ।

    images

    सेनामा रथीको दरबन्दी कात्तिक ११ देखि रिक्त छ । प्रधानसेनापति प्रभुराम शर्मा नेतृत्वमा आएपछि सेनामा पहिलो पटक रथीको दरबन्दी रिक्त भएको हो । यसलाई लिएर सेनाभित्र र बाहिर उनको नेतृत्व क्षमतामाथि प्रश्न खडा भएको छ । शर्माले नै पाण्डेको बढुवा प्रक्रिया अघि बढाउन जोडबल गरेको थिए । यद्यपी सरकारी निकायबाट आएको जवाफको आधारमा आफुले पाण्डेको प्रक्रिया अघि बढाएको प्रधानसेनापतिले जवाफ दिंदै आएका छन् ।

    भावी प्रधानसेनापतिसँग जोडिएको रथी बढुवा विवादमा आएपछि सेनाले सिग्देलको समेत छानविन गरेर प्रक्रिया अघि बढाएको बताइएको छ । सेनाको बोर्ड बैठकले शुक्रवार सिग्देलको नाम सिफारिससहित सात दिने सूचना समेत जारी गरेको छ । हालका प्रधानसेनापति प्रभुराम शर्माले आगामी भदौ २४ मा अवकास पाएसंगै उनको ठाउंमा अहिले रथी बढुवा हुने सैनिक अधिकृत सेनाको भावी प्रधानसेनापति नियुक्त हुने भएकाले यसलाई चासोका साथ लिइएको हो ।

    रथी बढुवाको लाइनमा यसपछि उपरथीहरु निर्मल थापा, सन्तोष ढकाल र बावुराम श्रेष्ठ समेत छन् । थापाको शैक्षिक योग्यतामा समेत प्रश्न उठेकाले रथी खड्काले पुस ३ पछि अवकास पाउने ठाउँमा कसको बढुवा हुने भन्ने टुंगो लाग्न बाँकी नै छ ।

    उपरथी बढुवाको लाइनमा रहेका सहायकरथी सन्तोषबल्लव पौडेलले समेत १८ वर्ष नपुग्दै सेनामा जागिर खाएको भन्दै अहिले सैनिक मुख्यालय र रक्षा मन्त्रालयमा उजुरी परेको छ ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    साताको लोकप्रीय
    images
    थप समाचार