Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

काठमाडौंबाट धनगढी उडेको श्री एयरको इञ्जिनमा आगो देखिएपछि...

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको विमानको दाहिने इञ्जिनमा आगो देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ ।

विमानस्थलका प्रवक्ता सुभाष झाका अनुसार काठमाडौंबाट ६०/६५ किलोमिटर उडेर गइसकेको अवस्थामा दाहिने इञ्जिनमा आगो देखिएपछि काठमाडौं फर्काएर आकस्मिक अवतरण गराइएको हो ।

४ः२० बजेतिर सुरक्षित अवतरण गराइएको र यात्रुहरूलाई अर्को जहाजबाट पठाउने तयारी गरिएको झाले बताएका छन् ।