Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

आ-आफैँ लडेर शक्ति बरबाद गर्नुभन्दा जाजरकोटमा अस्थायी टहरा निर्माण गर्न आउनुहोस्: तोसिमा कार्की

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोषिमा कार्कीले आ–आफैँ लडेर शक्ति बरबाद गर्नुभन्दा भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा अस्थायी टहरा निर्माण गर्न आह्वान गरेकी छन् । 

काठमाडौँमा आज एमालेको भातृ सगठन युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईँको शक्ति प्रदर्शन गरिरहेका छन् । सांसद कार्कीले सोही विषयमा लक्षित गर्दै काठमाडौँमा शक्ति बरबाद गर्नुभन्दा प्रभावित क्षेत्रमा आएर व्यवस्थापनमा सहयोग गर्न आह्वान गरेकी हुन् । सामाजिक सञ्जालमा उनले लेखेकी छन्,  ‘आ–आफैँ लडेर शक्ति बरबाद किन गर्नुहुन्छ रु बरु आउनुस् दुवै पक्ष यता जाजरकोटतिर, अस्थायी टहरा निर्माण गरौँ।घरसँगै पुरिएका सामानहरू निकालिदिऔँ। म यहीँ छु जाजरकोटमै, तपाईँहरूको शक्ति पनि यता जनतालाई सदुपयोग गरौँ ।’ 

सांसद कार्की कार्तिक १८ गतेदेखि निरन्तर भूकम्प प्रभावित क्षेत्रमा सक्रिय भएर काम गरिरहेकी छन् ।