Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

कामना सेवा विकास बैंकका ग्राहकले वेस्टर्न एशियन होटलमा १० प्रतिशतसम्म छुट पाउने

कामना सेवा विकास बैंकले रुपन्देहीको बुटवल स्थित वेस्टर्न एशियन होटल प्रा.लि.सँग सेवा शुल्क छुट सम्बन्धि सम्झौता गरेको छ ।

यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले होटलले प्रदान गर्ने रेष्टुरेन्ट तथा आवास सेवामा १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । 

यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ । हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।