एमालेको भातृसंगठन युवा संघ र अनेरास्ववियुको संयुक्त आयोजनामा काठमाडौँको तीनकुने प्रदर्शन सुरु भएको छ ।
बिहान १० बजे भेला भइसक्ने तयारी भए पनि अझै केही स्थानबाट युवा संघ र कार्यकर्ताको र्याली तीनकुने आइसकेको छैन ।

तीनकुनेको प्रदर्शन स्थलमा एमाले नेता महेश बस्नेत र केही सांसदहरूको उपस्थिति देख्न सकिन्छ ।

पार्टीको भातृ संगठनको झन्डा र टोपी लगाएर बाक्लो सङ्ख्यामा कार्यकर्ता उपस्थित भएको देख्न सकिन्छ ।

यहाँ शान्तिपूर्ण प्रदर्शन भइरहेको छ ।
एमाले नेता महेश बस्नेत वर्तमान व्यवस्था रक्षाका लागि भन्दै शक्ति प्रदर्शन गरेका हुन् ।

कम्तीमा २० हजार युवा प्रदर्शनमा सहभागी गराउने उनीहरूको लक्ष्य छ ।
नेता बस्नेत भन्छन्, ‘यो व्यवस्थामाथि आक्रमण गर्नु भनेको एमालेलाई आक्रमण गर्नु हो त्यसैले हामीले प्रदर्शन गरेका हौं ।’
