Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

सुन तस्करीसम्बन्धी जाँचबुझ समितिमा चार जना थपिए

सरकारले गठन गरेको सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगमा चार जनाको दरबन्दी थप गरिएको छ ।

बिहीबार बसेको मन्त्री परिषद्को बैठकले चार जना कर्मचारीको दरबन्दी थप्ने निर्णय गरेको हो ।

थपिएको दरबन्दीमा  राजस्व उपसचिवसहित दुई जना उपसचिव, एक जना डिएसपी र एक जना सुचना विश्लेषक (शाखा अधिकृत) छन् ।