मन्त्रिपरिषद् बैठक अहिले बसिरहेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक सुरू भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।
जारी बैठकमा राजधानी काठमाडौंमा आज हुने विभिन्न समूहको प्रदर्शन र शान्ति सुरक्षा तथा अन्य समसामयिक विषयमा छलफल हुने बुझिएको छ ।