Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

बढ्यो सुनको मूल्य, पढ्नुहोस् तोलाको कति?

नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुन तोलामा २०० रुपैयाँले बढेको जनाएको छ । 

महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १५ हजार ७०० रुपैयाँ र तेजाबी सुन एक लाख १५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला १४ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।