बुधवार, मंसिर १३ गते २०८०

२०८०, मंसिर १३गते

29th Nov 2023

images
images

साढे तीन वर्षमा पनि बनेन अस्पताल भवन

साढे तीन वर्षमा पनि बनेन अस्पताल भवन

सोमवार, मंसिर ४ २०८०
सोमवार, मंसिर ४ २०८०
  • साढे तीन वर्षमा पनि बनेन अस्पताल भवन

    रामेछापको खाँडादेवी गाउँपालिकामा निर्माणाधीन १५ शैयाको अस्पतालको निर्माण कार्य अलपत्र परेको छ । 
    गाउँपालिकाले आफ्नै लगानीमा निर्माण सुरु गरेको अस्पताल भवन समयमा निर्माण नहुँदा अस्पताल सञ्चालनमा आउन सकेको छैन ।  

    खाँडादेवी गाउँपालिका–५ पकरवासको गोगनपानीमा निर्माण सुरु गरिएको सो अस्पताल निर्माणको लागि आत्रिया शिव बस्नेत जेभिले जिम्मा लिएको थियो । ३ करोड ७२ लाख रुपैँयामा ठेक्का सम्झौता गरेको सो कम्पनिले समयमा काम नगरिदिँदा निर्माण अलपत्र परेको छ ।  भवन निर्माण नहुँदा अस्पतालको लागि ल्याएको स्वास्थ्य उपकरण त्यतिकै थन्किएर बसेका छन् । समयमा नै अस्पताल नबन्दा स्थानीय स्वास्थ्य उपचारका लागि जिल्ला सदरमुकाम मन्थली र राजधानी काठमाडौँ लगायतका अस्पताल धाउन बाध्य छन् । 

    images
    images
    images

    अस्पताल निर्माणको जिम्मा लिने कम्पनीको लापरबाहीका कारण ढिलाइ भएको खाँडादेवी गाउँपालिका–५ पकरबासका वडा अध्यक्ष मनोज पौडेल बताउँछन् । ‘समयमा नै काम भइदिएको भए अहिले अस्पताल सञ्चालन भइसकेको हुनेथियो, निर्माणको काम अलपत्र हुँदा स्थानीयले समान्य स्वास्थ्य सेवा लिन पनि दुःख पाए’, वडाध्यक्ष पौडेलले भने ।  अस्पतालको एक तला ढलान गरेर त्यतिकै छाडिएको छ । लामो समयदेखि रोकिएको निर्माण कार्य अघि बढ्न सकेको छैनन । त्यो ढलाको काम पनि निर्माण कम्पनीले गाउँपालिकाको पटक पटकको ताकेता पछि गएको आर्थिक वर्षको जेठ महिनामा गरेको थियो । त्यस पछि पुनः काम सुरु भएको छैन । 

    images

    निर्माण कम्पनीको लापरबाहीका कारण अस्पताल बन्न नसकेको खाँडादेवी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश श्रेष्ठ बताउँछन् । निर्माण कम्पनी सम्पर्कमा नआउँदा गत गएको आर्थिक वर्षमा गाउँपालिकाले छुट्याएको १ करोड ३० लाख रुपैँयाँ बजेटबाट काम नै हुन नसकेको उनले बताए । चालु आर्थिक वर्षमा पनि सङ्घीय सरकारबाट प्राप्त ४८ लाख रुपैयाँ बजेट भवन निर्माणको लागि स्वीकृत भएको छ । तर निर्माण कम्पनी सम्पर्कमा नै आएको छैन । 
    यस वर्ष पनि निर्माणका काम अघि नबढाएमा निर्माण कम्पनी माथि कारबाही प्रक्रिया अघि बढाउने तयारीमा गाउँपालिका लागेको छ । 

     

    images
    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार