विश्वकप २०२३ मा भारतको पराजयपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गर्दै टोलीलाई हौसला दिएका छन् । उनले ट्विट गर्दै विश्वकपमा टिम इन्डियाको प्रतिभा र दृढ सङ्कल्प उल्लेखनीय रहेको बताएका हुन् ।
मोदीले लेखेका छन्, "तपाईंले ठूलो भावनाका साथ खेल्नुभयो र देशलाई गौरवान्वित गर्नुभयो। हामी आज पनि तपाईंको साथमा छौँ र भविष्यमा पनि तपाईंसँगै उभिनेछौँ।"ट्राभिस हेड र म्यानर्स लाबुस्चेनको बलियो इनिङ्सको मद्दतले अस्ट्रेलियाले भारतलाई ६ विकेटले हराउँदै छैटौँ पटक एकदिवसीय विश्वकपको उपाधि जितेको छ ।
अस्ट्रेलियाको इनिङ्सको सुरुवात भने राम्रो भएन । टोलीका तीन ब्याट्सम्यान ४७ रनमा मात्रै आउट भए पनि त्यसपछि ट्राभिस हेड र मार्नस लाबुस्चेनले चौथो विकेटका लागि शतकीय साझेदारी गर्दै टोलीलाई जितसम्म पुर्याएका थिए ।
यसअघि विराट कोहली र केएल राहुलको अर्धशतकको मद्दतले भारतले अस्ट्रेलियालाई २०२३ को विश्वकप जित्न २४१ रनको लक्ष्य दिएको थियो।
Dear Team India,
— Narendra Modi (@narendramodi) November 19, 2023
Your talent and determination through the World Cup was noteworthy. You've played with great spirit and brought immense pride to the nation.
We stand with you today and always.