Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

काठमाडौंमा यसरी मनाईयो छठ (फोटो फिचर)

छठ पर्वको मुख्य दिन आज सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँएको छ ।

Thpathali Photo (17).jpg

तराई–मधेसका सबै जिल्ला, काठमाडौँसहितका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छ ।

Thpathali Photo (13).jpg

छठ पर्वको अवसरमा आज काठमाडौँका विभिन्न छठ पर्व मनाउने घाटहरुमा छठ पर्वको तयारी पूरा भएको छ ।

Thpathali Photo (16).jpg

आज अस्ताउँदो सूर्यको पूजा आराधना गरी अघ्र्य दिइन्छ र सोमवार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ विधिपूर्वक सम्पन्न हुन्छ ।

Thpathali Photo (17).jpg

व्रतालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् ।Thpathali Photo (15).jpg

छठ पर्वको लागि काठमाडौँका विभिन्न छठ घाटको तयारी अन्तिम चरणमा पुगेको छ । छठको दोस्रो दिन शनिबार खरना विधि सम्पन्न भएको थियो ।Thpathali Photo (14).jpg

चार दिनसम्म मनाइने आस्थाको पर्व छठको दोस्रो दिन व्रतालुले इष्टदेवको पूजाआराधना गरी खरना विधि सम्पन्न गर्ने परम्परा छ ।Photo (9).jpg

छठ पर्वको मुख्य दिनमा आज काठमाडौँको कमल पोखरी, थापाथली, गौरीघाट लगायतका स्थानमा छठ मनाउनेहरुको रौनक छ ।

Photo (8).jpg

छठका लागि काठमाडौँको गुह्येश्वरीदेखि गौरीघाटमा पूजा आराधनाको व्यवस्था गरिएको छ ।

Photo (6).jpg

काठमाडौँ कमलपोखरी छठ पूजा समाजका सल्लाहकार चन्द्रशेखर सिंहले काठमाडौंको कमलपोखरीमा छठका लागि सबै काम सम्पन्न भएको बताए ।

Photo (2) (1).jpg

उनले अहिले नेपाली सेना, जनपथ प्रहरी र महानगर प्रहरीले सुरक्षा दिइरहेको र स्वास्थ्य शिविर पनि सञ्चालनमा राखिएको बताए । 

Photo (14).jpg

‘तयारी सबै पूरा भइसकेको छ ।Photo (13).jpg

जनपथ प्रहरी, नेपाली सेना, महानगर प्रहरी आएर सबै सुरक्षा दिनुभएको छ ।

Photo (12).jpg

स्वास्थ्य शिविर, सुरक्षा प्रवन्ध सबै रहेको छ ।’

Photo (1).jpgनेपालको तराईमा आज छठ पर्वको अवसरमा उल्लासपूर्ण माहोल रहेको छ । Photo (3).jpg

Thpathali Photo (9).jpg

Thpathali Photo (6).jpg

Thpathali Photo (13).jpg