शनिवार, फाल्गुण १९ गते २०८०

२०८०, फाल्गुण १९गते

2nd Mar 2024

    शनिवार, फाल्गुण १९ २०८०
images
images

किन बर्खास्त गरिए च्याटजीपीटी बनाउने कम्पनीका सीईओ साम अल्टम्यान?

किन बर्खास्त गरिए च्याटजीपीटी बनाउने कम्पनीका सीईओ साम अल्टम्यान?

शनिवार, मंसिर २ २०८०
शनिवार, मंसिर २ २०८०
  • किन बर्खास्त गरिए च्याटजीपीटी बनाउने कम्पनीका सीईओ साम अल्टम्यान?

    काठमाडौं । बहुचर्चित आर्टिफिसियल इन्टेलिजेन्स च्याटबट ‘च्याटजीपीटी’ बनाउने कम्पनी ओपनएआईका सहसंस्थापक एवं सीईओ साम अल्टम्यानलाई कम्पनीले बर्खास्त गरेको छ । कम्पनी बोर्डसमक्ष झुट बोलेको आरोपमा अल्टम्यानलाई सीईओ पदबाट बर्खास्त गरिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन् ।

    ओपनएआईले पनि अल्टम्यानमाथि कम्पनीको नेतृत्व जारी राख्ने क्षमतामा बोर्डलाई विश्वास नरहेको हिजो स्पष्ट पारेको छ । अल्टम्यान बोर्डसँगको सञ्चारमा अस्पष्ट र अनुदार रहेको ओपनएआई बोर्डले निष्कर्ष निकालेको छ । ‘जसले गर्दा उनका जिम्मेवारीहरू प्रयोग गर्ने प्रक्रियामा बाधा पुर्‍यायो,’ कम्पनीको भनाइ छ ।

    च्याटजीपीटीको सुरुवात पछि, अल्टम्यान विश्वका चर्चित प्राविधिक कार्यकारी एवं आर्टिफिसियल इन्टेलिजेन्स विशेषज्ञ बनेका थिए ।
    ‘ओपनएआईको स्थापना र उन्नतिमा सामले पुर्‍याएका धेरै योगदानहरूप्रति हामी कृतज्ञ छौँ,’ कम्पनीले अगाडि भनेको छ, ‘यद्यपि, हामीलाई विश्वास छ कि अझै अगाडि बढ्नको लागि हामीलाई नयाँ नेतृत्वको खाँचो छ ।’

    images

    साम अल्टम्यान बर्खास्त गरिए लगत्तै बोर्डले कम्पनीकी प्रमुख प्राविधिक अधिकृत माइरा मुरातीलाई अन्तरिम सीईओको जिम्मेवारी दिएको छ । उनले ओपनएआईलाई ‘ग्लोबल एआई लिडर’ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको कम्पनीले जनाएको छ । 

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    साताको लोकप्रीय
    images
    थप समाचार