Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

कोमल वलीलाई मातृशोक

गायिका तथा एमाले नेतृ कोमल वलीलाई मातृशोक परेको छ। उनकी आमा दीपा वलीको ८२ वर्षको उमेरमा काठमाडौँको अल्का अस्पतालमा निधन भएको हो।

अस्पतालका अनुसार दीपाको शनिबार दिउँसो पौने १२ बजे निधन भएको हो। उनी लामो समयदेखि हड्डीसँग सम्बन्धित ओस्टियोपोरोसिस रोगबाट पीडित थिइन्।  १९९८ सालमा रोल्पामा जन्मिएकी दीपा वलीले संकलन गरेको मलमलकिरी जुनकिरी नामको गीतले नै कोमल वलीलाई गायनमा स्थापित गराएको हो । दीपा वलीको संकलन तथा रचनामा रेडियो नेपाल, म्युजिक नेपाल तथा विभिन्न रेकिर्डङ स्टुडियोमा दुई दर्जनभन्दा बढी गीत रेकर्ड भएका छन् ।

दीपा ललित ट्रष्टकी संरक्षक रहेकी दीपा वली २०४३ सालमा राप्ती अन्चल महिला संगठनमा उपसभापति भएकी थिइन् । उनी नेपाल रेडक्रसकी आजीवन सदस्य पनि हुन् । उनका श्रीमान, दुई छोरा र दुई छोरी छन् ।