बुधवार, मंसिर १३ गते २०८०

२०८०, मंसिर १३गते

29th Nov 2023

images
images

महिला माननीयज्यूले प्याडको प्रयोगपछि डस्टनिमा समेत हाँल्दैनन्, म आफैं सफा गर्छु: उपसभामुख मगर (भिडियोसहित)

महिला माननीयज्यूले प्याडको प्रयोगपछि डस्टनिमा समेत हाँल्दैनन्, म आफैं सफा गर्छु: उपसभामुख मगर (भिडियोसहित)

‘सिंहदरबार भित्रको शौचालय सधैं गएर म आफैं घोट्छु’

शुक्रवार, मंसिर १ २०८०
शुक्रवार, मंसिर १ २०८०
  • महिला माननीयज्यूले प्याडको प्रयोगपछि डस्टनिमा समेत हाँल्दैनन्, म आफैं सफा गर्छु: उपसभामुख मगर (भिडियोसहित)

    काठमाडौं । उपसभामुख इन्दिरा राना मगरले सबैले सरसफाइबारे जनचेतना फैलाएर राम्रो संस्कार विकास गर्नुपर्ने धारणा राखेकी छन् । विश्व शौचालय दिवसको अवसर पारेर ललितपुरमा आयोजित एक कार्यक्रममा रानाले सबैले आफ्नो घर तथा अफिसबाटै सरसफाइको संस्कार विकास गरी स्वच्छता कायम राख्नुपर्ने धारणा राखेकी हुन् ।

     उनले आफूले घरसँगै कार्यस्थल, त्यो पनि सिंहदरबार भित्रको शौचालय सफा गर्ने गरेको दाबी समेत गरिन् । आफ्नो घरमा स्वच्छता कायम राख्न सबैलाई आग्रह गर्दै उनले भनिन्, ‘सिंहदरबार भित्रको मेरो अफिसको शौचालय सफाई गर्न म सफाई गर्ने दिदीलाई पर्खेर बस्दिनँ, आफैं सफा गर्छु । त्यो ट्वाइलेट धेरै पुरानो भएको हुनाले फोहोर हुन्छ, म सधैं गएर त्यसलाई घोट्छु । सफाई भन्ने कुराको सुरुवात आफूबाट हुनुपर्छ । जनचेतना फैलाएर हामीले राम्रो संस्कार विकास गर्नुपर्छ ।’

    images
    images
    images

    Indira Rana Magar .jpg

    images

    उनले सरकारी कार्यालयमा रहेको शौचालयहरु निकै फोहोर हुने गरेको पाइएको बताएकी छन् ।  उनले संघीय संसद भवनभित्र सांसदहरुले प्रयोग गर्ने ट्वाइलेटको अवस्थाबारे प्रस्ट्याउँदै भनिन्, ‘पार्लियामेन्ट सकिएपछि एकदिन म मर्यादापालक साथीहरुलाई लिएर संसद भवन भित्रको शौचालय हेर्न गएँ । शौचालय प्रयोगपछि पूरुष माननीयज्यूहरुले फ्लस समेत नगर्ने रहेछन् । महिला माननीयज्यूले त प्याडको प्रयोगपछि डस्टनिमा समेत नहाल्ने गरेको पाएँ । मैले त्यो मिटिङ नै कुरा राखेँ ।’

    रानाले नेपालमा ठूला महल बनाउन दिन नहुने बताउँदै हरेक व्यक्तिले ठूला घर बनाउँदै जाँदा खेतीका लागि जग्गा बाँकी नरहने धारणा राखिन । उनले आफू मेयर भएको भए महल बनाउने नक्सा पास रोकिदिने समेत बताइन् ।

    ‘महल बनाउनका लागि जो नक्सा पास गर्न आउँछन् नि त्यो म मेयर भए रोकिदिन्थें । सबैले घर बनाउँदै जाने दुई/तीन जनाका लागि भने कहाँ बच्छ ? सबै जंगल फाँड्छन् । खानलाई पनि पुग्दैन जस्तो लाग्छ, विश्वको अवस्था हेर्ने हो भने ’ रानाले भनिन् ।

    हेर्नुहोस् भिडियो:

    images
    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार