शनिवार, फाल्गुण १९ गते २०८०

२०८०, फाल्गुण १९गते

2nd Mar 2024

    शनिवार, फाल्गुण १९ २०८०
images
images

सरकारले प्रतिबन्ध लगाएपछि टिकटकले पठायो पत्र, टिकटकको पत्रमा के छ?

सरकारले प्रतिबन्ध लगाएपछि टिकटकले पठायो पत्र, टिकटकको पत्रमा के छ?

बिहिवार, कार्तिक ३० २०८०
बिहिवार, कार्तिक ३० २०८०
  • सरकारले प्रतिबन्ध लगाएपछि टिकटकले पठायो पत्र, टिकटकको पत्रमा के छ?

    नेपाल सरकारले प्रतिबन्ध लगाएपछि आफ्ना असहमतिहरू व्यक्त गर्दै टिकटकले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र पठाएको छ। टिकटकको दक्षिण एसियाको सार्वजनिक नीति तथा सरकार सम्बन्ध प्रमुख फेरडोस मोटाकिनले प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनाललाई सम्बोधन गर्दै पत्र पठाएका हुन्।

    पत्रमा नेपालमा टिकटक प्रतिबन्ध गर्ने निर्णयले आश्चर्यमा पारेको सो कम्पनीले जनाएको छ । सरकारले नेपालमा टिकटक  बन्द गर्ने निर्णय गरेलगत्तै त्यसको जानकारी प्राधिकरणमार्फत इमेल गरी टिकटकलाई दिइएको थियो। प्राधिकरणलाई पठाएको उक्त प्रत्रमा टिकटकले नेपालका सरकारी निकायहरूसँग भएका समझदारी तथा नेपालमा भएका छलफलहरूबारे सातवटा बुँदामा स्मरण गराएको छ। सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएकै दिन गत सोमवार उसले उक्त पत्र प्राधिकरणलाई पठाइएको बुझिएको छ।

    सरकारले गत सोमवार "सामाजिक सद्भाव र वातावरणमा खलल पुर्‍याउन भूमिका खेलेको" भन्दै सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको थियो। त्यसलगत्तै प्राधिकरणले नेपालका इन्टरनेट सेवाप्रदायकहरूलाई टिकटक नचल्ने बनाउन निर्देशन दिएको थियो। सोही निर्देशन अनुसार अहिले नेपालमा टिकटक नचल्ने भएको छ।

    images

    सोमबार प्राधिकरणलाई सो कम्पनीले जवाफ फर्काएको हो । जवाफमा टिकटकले नेपाल सरकारको यो निर्णयप्रति आश्चर्य व्यक्त गरेको छ । उसले नेपालमा टिकटक बन्द गर्नुपर्ने वास्तविक कारणबारे आफूलाई जानकारी दिन समेत अनुरोध गरेको छ। पत्रमा भनिएको छ, ‘नेपाल सरकारको यो निर्णयबाट लाखौं नेपाली जनताहरू, जसले हाम्रो यो प्लेटफर्ममार्फत रचना र खुसी साटे, उनीहरू जस्तै हामी पनि आश्चर्यचकित छौं। ’ 

    यो प्लेटफर्मलाई छोटो समयमै नेपालका विभिन्न क्षेत्र, संस्कृति र सामाजिक आर्थिक तहका मानिसहरूले अँगालेको बताउँदै सो कम्पनीले लेखेको पत्रमा उक्त प्लेटफर्म सूचना तथा शिक्षा, मनोरञ्जन तथा प्रेरणा आदानप्रदान गर्न प्रयोग गरिएको दाबी गरेको छ । पत्रमा टिकटकले नेपालमा टिकटक सञ्चालनका निम्ति गरेका केही प्रयासहरूबारे पनि प्रकाश पारेको छ भने मापदण्ड विपरीत रहेका २९ लाख ८० हजार नेपाली भिडिओहरू हटाएको पनि बताएको छ । 

    टिकटकको पत्रमा के छ?
    प्राप्त पत्रमा टिकटकले नेपालको दूरसञ्चार प्राधिकरणलाई पत्र पठाउँदै उक्त प्लेटफर्मलाई बन्द गर्ने सरकारको निर्णयबाट आफू ‘चकित परेको’ जनाएको छ।

    उसले टिकटकमाथिको प्रतिबन्धले नेपाली युवाहरूलाई आर्थिक हानी गर्ने स्मरण गराएको छ। प्रयोगकर्ताको सुरक्षा टिकटकको सबैभन्दा महत्त्वपूर्ण प्राथमिकता भएको बताउँदै नेपालमा भएका र नेपालका सरकारी निकायसँग गरिएका समझदारीहरूको स्मरण गराउने सातवटा बुँदा पनि उल्लेख गरेको छ।

    उसले नेपालमा संयुक्त रूपमा नेपालमा इन्टरनेट सुरक्षा सचेतना अभियान सञ्चालन गर्न नेपाल दूरसञ्चार प्राधिकरणसँग एउटा समझदारी गरेको पनि उल्लेख गरेको छ।

    त्यस्तै उसले यसै वर्षको गत जुन ७ मा नेपाल सरकारका लागि स्थानीय कानुनको उल्लङ्घन भएको कुनै पनि सामग्रीबारे रिपोर्ट गर्न सकोस् भनेर 'ट्रस्ट एन्ड सेफ्टी इन्फोर्समेन्ट टुल (टीएईटी)' को पहुँच दिएको पनि उल्लेख गरेको छ।

    टिकटकले गत अगस्ट २९ मा आफू नेपालमा डिजिटल सेवा करदाताको रूपमा दर्ता पनि भएको स्मरण गराएको छ। त्यस्तै उसले सन् २०२२ को अक्टोबरदेखि गत जुनसम्ममा टिकटकको ‘कम्युनिटी गाइडलाइनहरू’ उल्लङ्घन गरेका २९ लाख ८० हजार भिडिओहरू नेपालमा आफ्नो प्लेटफर्मबाट हटाएको जनाएको छ।

    टिकटकलाई प्रतिबन्ध लगाउने निर्णय ‘आफूसँग’ नेपाल सरकारले निरन्तर संलग्न भएर काम गर्ने भनी गरेको सहकार्यको प्रस्ताव विपरीतको भएको पनि उसले उल्लेख गरेको छ।

    यद्यपि उसले आफू नेपाल सरकारसँग निरन्तर सहकार्य गर्न र आवश्यक प्रावधानहरू गरेर काम गर्न तत्पर रहेको बताएको छ। टिकटकमाथिको प्रतिबन्ध वाक् र अभिव्यक्ति स्वतन्त्रताको सिद्धान्तसँग मेल नखाने खालको भएको पनि टिकटकको भनाइ छ।

    यो पनि हेर्नुहोस् :

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    साताको लोकप्रीय
    images
    थप समाचार