Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

१० महिनामा आठ लाख पर्यटक नेपाल  भित्रिए

 अघिल्लो वर्षको तुलनामा सन् २०२३ को पहिलो १० महिनामा झन्डै दुई गुणा बढी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२३ को जनवरीदेखि अक्टोबरसम्मको अवधिमा आठ लाख ९ हजार ६७८ पर्यटक नेपाल भित्रिएका छन् । 

अघिल्लो वर्ष सन् २०२२ को पहिलो १० महिनामा चार लाख ७३ हजार ५६३ पर्यटक भित्रिएका थिए ।  अघिल्लो वर्षको तुलनामा यसवर्षको पहिलो १० महिनामा तीन लाख ३६ हजार ११५ जना बढी पर्यटक नेपाल भित्रिएको बोर्डले जनाएको छ ।सन् २०१९ पछि सबैभन्दा बढी पर्यटक यस वर्ष नेपाल भित्रिएका छन् । बोर्डका अनुसार सन् २०२३ को अक्टोबरमा मात्र नेपालमा एक लाख १७ हजार ३०६ पर्यटक नेपाल घुम्न आएका छन् । 

dalo.webp

सन् २०२३ को जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार २५५, मार्चमा ९९ हजार ४२६, अप्रिलमा ९८ हजार ७७३, मेमा ७७ हजार ७०३, जुनमा ७२ हजार २५०, जुलाईमा ५७ हजार ७२६, अगष्टमा ६७ हजार १५३ र सेप्टेम्बरमा ९१ हजार १२ जना पर्यटक नेपाल भित्रिएका छन् । 

सन् २०१९ को अन्तमा चीनबाट कोरोना भाइरस विश्वभर फैलिएपछि नेपाल भ्रमणमा आउने पर्यटकको संख्यामा ठूलो गिरावट आएको थियो ।  नेपालमा सबैभन्दा बढी पर्यटक सन् २०१९ मा नै भित्रिएका थिए । उक्त वर्ष ११ लाख ९७ हजार १९१ जना पर्यटक नेपाल आएका थिए । 

dalo.webp

कोरोना महामारी नियन्त्रण गर्न विश्वका अधिकांश देशले लकडाउनको सहारा लिएपछि नेपाल आउने पर्यटकको संख्या घटेको थियो । कोरोना माहामारी सुरु भएपछि यस वर्ष सबैभन्दा बढी पर्यटक नेपाल भित्रिएको बोर्डको तथ्यांकले देखाउँछ ।