Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

सिन्धुली कारागारमा एक कैदी बन्दीको मृत्यु

 जिल्ला कारागार सिन्धुलीमा एक कैदी बन्दीको मृत्यु भएको छ।  दुधौली नगरपालिका (१० का ३० वर्षीय विमल थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डिएसपी चिरञ्जीवी दाहालले जानकारी दिए ।

बुधबार राति कारागारमै तिहार मनाएर देउसी खेलिसकेपछि खाना खाएर सुतेका विमल बिहीबार बिहान ३ बजे बेहोस अवस्थामा भेटिएको डीएसपी दाहालले बताए । बेहोस अवस्थामा भेटिएपछि उनलाई सिन्धुली जिल्ला अस्पतालमा पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेको डीएसपी दाहालको भनाइ छ ।

 उनको मृत्युको कारण खुलेको छैन ।