Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

किन अमेरिका गए चिनियाँ राष्ट्रपति सी चिनफिङ?

 चिनियाँ राष्ट्रपति सी चिनफिङ मंगलबार अमेरिका प्रस्थान गरेका छन्।

चीन र अमेरिकाका नेताबीचको बैठक र ३०औं एपेक आर्थिक नेताहरूको बैठकमा भाग लिन सी अमेरिका प्रस्थान गरेका हुन्।

राष्ट्रपति सीले अमेरिकाका राष्ट्रपति जो बाइडेनसँग पनि भेटवार्ता गर्ने भएका छन्। सान फ्रान्सिस्कोमा हुने भेटवार्तामा दुई देशबीच विविध विषय छलफल हुनेछ।

उनीहरूबीच विश्व समुदायलाई नै असर गरिरहेको अन्तर्राष्ट्रिय मुद्दमा पनि छलफल हुने बताइएको छ