शनिवार, फाल्गुण १९ गते २०८०

२०८०, फाल्गुण १९गते

2nd Mar 2024

    शनिवार, फाल्गुण १९ २०८०
images
images

आज टिकटक बन्द नभए आइएसपीहरुलाई कारवाही गर्छौः प्राधिकरण

आज टिकटक बन्द नभए आइएसपीहरुलाई कारवाही गर्छौः प्राधिकरण

मंगलवार, कार्तिक २८ २०८०
मंगलवार, कार्तिक २८ २०८०
  • आज टिकटक बन्द नभए आइएसपीहरुलाई कारवाही गर्छौः प्राधिकरण

    सरकारले टिकटक प्रयोगमा प्रतिबन्ध लगाए पनि अझै पूर्णरुपमा बन्द भइसकेको छैन । अहिले पनि प्रयोगकर्ताहरुले निर्वाधरुपमा टिकटक चलाइरहेका छन् । एनटीसी र एनसेलले भने टिकटक प्रयोगमा रोक लगाइसकेका छन् ।

    नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल भने आजै टिकटक पूर्णरूपमा बन्द भइसक्ने जानकारी दिएका छन् ।
    ‘भायानेटको बन्द भइसक्यो । वर्ल्डलिङ्क र सुबिसुको केही समयमै बन्द हुन्छ । आजै सबैतिर बन्द भइसक्छ’, खनालले भने । प्राधिकरणले टिकटक बन्द नगराउने इन्टरनेट सेवा प्रदायक कम्पनीलाई कारबाही गर्ने समत चेतावनी दिएको छ ।

    प्राधिकरणले मंगलबार प्रेस विज्ञिप्त जारी गर्दै सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई टिकटक बन्द गर्न निर्देशन दिइसकेको भए पनि केही सेवा प्रदायकको नेटवर्कबाट टिकटकमा पहुँच पुगिरहेको र टिकटक प्रयोग भइरहेको भन्दै तत्काल प्राधिकरणको निर्देशन कार्यान्वयन गरी जानकारी गराउन सबै सेवा प्रदायकलाई आग्रह गरेको छ । हिजो (सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परिरहेको भन्दै नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने निर्णय गरेको थियो ।

    images

    त्यसपछि सरकारको निर्णय कार्यान्वयन गर्न दूरसञ्चार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरेर प्राधिकरणले सेवा प्रदायक कम्पनीलाई तत्काल टिकटक बन्द गर्न निर्देशन दिएको थियो । प्राधिकरणको निर्देशन र आदेशको पालना गर्नु सेवा प्रदायकको कर्तव्य हुने र सेवा प्रदायकले त्यस्तो निर्देशन आदेशको पालना नगर्दा दूरसञ्चार ऐन, २०५३ को दफा ४७ बमोजिम प्राधिकरणबाट कारबाही गरिने पनि प्राधिकरणले विज्ञप्तिमार्फत चेतावनी दिएको छ ।

    suchana.webp

    अटेर गर्नेलाई के हुन्छ कारबाही?

    प्राधिकरणले तत्काल सेवा प्रदायकले टिकटक बन्द नगराए दूरसञ्चार ऐन, २०५३ को दफा ४७ अनुसार कारबाही गर्ने चेतावनी दिएको छ । तर, तत्काल टिकटक बन्द नगरे कस्तो कारबाही हुन्छ रु सबैमा चासो हुनसक्छ । दूरसञ्चार ऐन, २०५३ को दफा ४७ मा नेपाल दूरसञ्चार प्राधिकरणले दिएको आदेश वा निर्देशनको पालना नगरेमा प्राधिकरणले त्यस्तो व्यक्ति वा संस्थालाई ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    भर्खरै
    images
    images
    images
    साताको लोकप्रीय
    images
    थप समाचार