Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

टिकटक प्रतिबन्ध गरेपछि प्रधानमन्त्री प्रचण्डले के भने?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हाल चर्चित सामाजिक सञ्जाल टिकटक प्रतिबन्धको निर्णय सबै राजनीतिक दलको सहमतिका आधारमा सामाजिक अराजकता नियन्त्रणका लागि गरिएको दाबी गरेका छन् ।

नेपाल संवतको अवसरमा भक्तपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले लामो छलफल र सबै दलहरूको सहमतिका आधारमा अन्य लोकतान्त्रिक तथा विकसित मुलुकहरूको समेत अभ्यास हेरेर यो निर्णय गरिएको बताए ।

प्रचण्डले भने- समाजमा विसंगति विकृति अराजकता फैलाउने,राज्यलाई जिम्मेवारीबाट अगाडि बढ्न रोक्ने खालका प्रवृत्ति कसरी नियन्त्रण गर्ने भनेर लामो छलफलपछि देशभित्रका सबै राजनीतिक दल सत्तापक्ष,प्रतिपक्ष सबैको सहमतिपछि अन्तर्राष्टियरुपमा सबैभन्दा लोकतान्त्रिक विकसित देशले कस्तो मान्यता विकास गरेका छन् भन्ने पनि हेरेर सामाजिक सद्भाव,पारिवारिक एकता खलबल हुनबाट बचाउने उद्देश्यले निर्णय गरिएको हो । यसमा बहस हुँदै जालजा,पक्ष विपक्षमा कुरा आउलान् तर सरकारको उद्देश्य समाजलाई विकृति विसंगति र अराजकता फैलाउनेहरूबाट रोक्ने र नियमन गर्ने हो । रोक्न मिल्नेलाई रोक्ने, नियमन गर्न मिल्नेलाई नियमन गर्दै जाने हो ।