Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

घट्यो सुनचाँदीको मूल्य, पढ्नहोस् कतिमा हुँदैछ कारोबार?

स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) सुन तोलामा एक हजार रुपैयाँ घटेको छ ।

छापावाल सुन तोलाको एक लाख १३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार तोलाको एक लाख १४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुन तोलामा एक लाख १३ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य शुक्रबारको तुलनामा तोलामा २० रुपैयाँ घटेको छ । चाँदी तोलाको एक हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।