Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

विदेशी विनिमय सञ्चिति बढ्यो, धान्ला त एक वर्षको आयात ?

चालु आर्थिक वर्षको तीन महिनामा कुल विदेशी विनिमय सञ्चिति ५.३ प्रतिशतले वृद्धि भएको छ ।  

नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा असोज मसान्तमा १२ अर्ब ३३ करोड पुगेको हो ।

आर्थिक वर्ष २०८०/०८१ को तीन महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १२.४ महिनाको वस्तु आयात र १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।