Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

जाजरकोट भूकम्पमा घाइते भएका एकजनाको मृत्यु

जाजरकोट भूकम्पमा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा चौरजहारी नगरपालिका–१ का ३२ वर्षीय निरक विष्ट रहेका छन् । उनको कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

योसँगै जाजरकोट भूकम्पमा परी मृत्यु हुनेको संख्या १ सय ५८ पुगेको छ । एकसाताअघि जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको थियो ।