Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

दराज ११.११ योजनामा सानिमा बैंकका ग्राहकलाई विशेष छुट दिने

सानिमा बैंकले ग्राहकहरूका लागि दराज ११.११ योजनामा विशेष छुट दिने भएको छ । योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रिम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको हो ।

ग्राहकहरूले डेबिट कार्डबाट भुक्तानी गर्दा १५५ वा अधिकतम रु २,००० सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०५ वा अधिकतम रु २,५०० सम्मको छुट प्राप्त गर्न सक्नेछन् । योजना अवधिभर सहभागी हुने ग्राहकहरूलाई ‘पहिलोलाई प्राथमिकता’ को आधारमा छुट प्रदान गरिने छ । छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ ।

यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरूले मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नेछन् । यो योजना २०८० कार्तिक २५ देखि २०८० मङ्सिर ६ गतेसम्म १२ दिनका लागि लागू हुनेछ ।