Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

एमालेले भूकम्प प्रभावित क्षेत्रमा एक हजार युवा खटाउने

नेकपा (एमाले)ले भूकम्प प्रभावित क्षेत्रमा एक हजार युवा खटाउने भएको छ ।  पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा आज बसेको सचिवालय बैठकले आउँदो मंसिर १ गतेदेखि अस्थायी आवास निर्माण गर्न एक हजार युवा खटाउने निर्णय गरेको हो । 

सो अवधिमा एक करोड मूल्यभन्दा बढी श्रम गर्ने उपमहासचिव प्रदिप ज्ञवालीले जानकारी दिए ।  

गत शुक्रबार राति जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पमा १६ हजार ५२० घर पूर्ण रूपमा ध्वस्त भएको छ ।