Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

यस्तो छ विक्की कौशलको फिल्म 'साम बहादुर' को ट्रेलर

बलिउड अभिनेता विक्की कौशलको फिल्म 'साम बहादुर' को ट्रेलर सार्वजनिक भएको छ।  मंगलबार आएसभिपी मुभिज युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। 

सार्वजनिक ट्रेलरमा सन् १९७१ को भारत-पाकिस्तानको युद्धको परिवेशलाई देखाइएको छ।  यो भारतीय सेनापति साम मनिक्साको बायोपिक फिल्म हो। मेघना गुल्जारले निर्देशन गरेको फिल्ममा विक्की कौशल, सान्या मल्होत्रा, फातिमा सना शेखलगायत कलाकारको अभिनय छ। फिल्ममा रोनी स्क्रूवालाको लगानी छ।

फिल्मको कथा भवानी ऐय्यर, शान्तनु श्रीवास्तव र मेघना गुलजारले मिलेर तयार पारेका हुन्।  यो फिल्म डिसेम्बर १ देखि प्रदर्शन हुनेछ।