पोखराको फेवाताल छेउको फुट–ट्रयाकमा रहेका विदेशी माग्नेलाई सचेतना दिइएको छ । फुट–ट्रयाकमा रहेका फुटपाथ व्यावसायीलाई आफ्नो व्यावसाय हटाउन वडा प्रहरी कार्यालय र नगर प्रहरीले संयुक्त रुपमा सचेतना दिएका हुन् ।
तालको छेउमा रहेका फुट–ट्रयाकमा रहेका व्यावसायीहरु र फुट–ट्रयाक मिचेर व्यापार गरेका व्यावसायीलाई मंगलबार राति पोखरा महानगरको नगरप्रहरी टोली, बैदाम प्रहरी टोली र जनप्रतिनिधिले हटाएका हुन् । टोलीले आगामी दिनमा पर्यटकीय नगरी पोखरामा सुन्दरता दिनको लागि समेत व्यवसायीलाई आह्वान गरेको छ ।बैदामका प्रहरी नायव उपरीक्षक राजेन्द्र श्रेष्ठले फुटपाथ मिचेर खुद्रा व्यापारी बस्ने र व्यवसाय सञ्चालन गर्ने तथा त्यहाँ आएका विदेशी पर्यटकहरुले मागेर हिँड्ने र विभिन्न अनैतिक किसिमका गतिविधि देखाउनाले सुन्दरतामा नकारात्मक असर परेको आम–उपभोक्ताको गुनासो थियो ।
गुनासोपछि सांकेतिक रुपमा कार्यक्रम गरेको र आगामी दिनमा पर्यटकीय क्षेत्रमा नकारात्मक असर पर्न नदिने उनले बताए । पोखरा महानगरपालिका नगरप्रहरी प्रमुख पुरुषोत्तम थापाले भोलिदेखि व्यापारिक सामान नराख्न अनुरोध गर्दै आगामी दिनमा अटेर गरेको पाइए सामान नियन्त्रणमा लिने बताए ।